गाउंको मुहार फेर्दै सुन्दरबस्तिका सुकुम्वासीहरु

सावित्री रेग्मी ,नवलपरासी ,“सुन्दरबस्ति”नाम जस्तै काम पनि सुन्दर गरेर देखाएका छन , सुन्दर बस्तिका सुकुम्वासीहरुले । नवलपरासीको कावासोति नगरपालिका १४ मा रहेको छ ,यो गाउं । जहां ३२ घर धुरी सुकुम्वासी हरुको वस्ति रहेको छ । यहां वसोवास गर्ने कसैको पनि आफ्नो जग्गा जमिन छैन । दिनभरी ज्याला मजदुरी गरेर आफ्नो जिविको पार्जन गर्दै आएका छन । बस्ति नजिकै रहेको खोलामा गिटी वालुवा चालेर अधिकांसले आफ्नो दैनिकि चलाउंदै आएका छन भने कसैले अरुको घरमा न्याला मजदुरी गरेर । यसरी नै जिवन धानिरहका यो वस्तिका स्थानियहरुले । साघुरो ठाउंमा धेरै जना वस्तै आउका यहांका सुकुम्वासि टोलमा मानिसहरु यतिखेर सरसफाई अभियानमा जुटेका छन । नगरपालिकाले सञ्चालन गरेको अभियान मा आफ्नो गाउंलाई पनि वातावरण मैत्रि गाउं वनाउन लागी परेका छन । पहिला गाउंको नाम मात्र सुन्दर वस्ति थियो । घर वरपर जथाभावि रुपमा फालिएका प्लष्टिकहरु यत्र तत्र छरिएर रहेका हुन्थे । वस्ति नजिकको कुलो भरि पनि प्लाष्टिक जन्य फोहरले ढाकेको हुन्थ्यो बाटो भरि पनि फोहरै फालिएको हुन्थ्यो । तर आफ्नो गाउंलाई वातावरण मैत्रि गाउं वनाउनका लागी स्थिानियहरु लागी परेसी गाउंको मुहारै परिवर्तन आएको र वातविकतामा सुन्दर नाम जस्तै सुन्दर गाउं वनेको नगरपालिका १४ का वडा नागरीक मञ्चका वडा साहयक तेज वाहादुर महत्तो वताउंनुहुन्छ ।
स्थानियहरुको नै पहलमा सरसफाईका काम सुरु गरेपछि गाउं नै सुन्दर र सफा देखीएको छ । आर्थिक अवस्था कमजोर भए पनि दिनको केहि समय निकालेर गाउं सरसफाईमा जुटेका छन यहांका स्थानियहरु ।यति मात्रै होईन गाउंमा फोहर ब्यवस्थित तरीकाले संकलन गर्ने डस्विन नभएपनि सरसफाईका लागी सवैले आफ्नो घर अगाडी बोरा राखेका छन । र त्यसैमा फोहर संकलन गर्ने गरेका छन ।सम्वन्धित निकायले डस्विनको ब्यवस्था गर्न समय लाग्ने भएकाले आफु संग जे छ त्यसैलाई प्रयोग गरि यो अभियानमा जुटेको स्थानियहरु वताउंछन ।यो संगै हरेक राम्रो कामको सुरुवात आफवाट नै गरियो भने सफलता पाउन सकिन्छ भन्दै सरसफाईको कामलाई पनि आफ्नो गाउंवाट नै सुरु गरेको महत्तो वताउंछन ।
यसरी वातावरण मैत्रि अभियानमा सुकुम्वासि वस्तिका स्थानियहरुले जुन काम गर्दै आएका छन । त्यो निकै प्रसंशनिय छ । अरुले सहयोग गर्देला र सुरु गरम्ला भनेर नवसीकन स्थानिय हरु नै यसलाई आफ्नो दायित्व सम्झेर जुन रुपले सरसफाईको कामलाई अगाडी बढाएका छन । यो काम निकै सकारात्मक रहेको कावासोति नगरपालिका वातावरण विद संगीता सुवेदी वताउंनुहुन्छ ।
जसरी सुन्दरवस्ति का सुकुम्वासी समुदायका स्थानियहरुले आफ्नो गाउं टोलमा सरसफाई को कामलाई अगाडी बढाएका छन ,यो निकै सकारात्मक पक्ष हो । त्यसरी नै हरेक गाउं ठाउंका स्थानियहरुले पनि सरसफाईलाई स्थानिय स्तरवाट सुरुवात गर्ने हो भने सजिलै संग गाविस , नगरपालिका तथा देश ब्यापि रुपमा सञ्चालन गरिएका यस्ता अभियानहरुले सार्थकता पाउने थिए भन्ने कुरामा कसैको दुई मत हुने थिएन की ????
तपाइँको प्रतिक्रिया