गुण्डा नाइके दावा लामामाथि हेल्थ क्लबमा गोली प्रहार

काठमाडौँ २९ , गुण्डा नाइके दावा लामामाथि काठमाडौंमा गोली प्रहार भएको छ । अज्ञात समूहबाट उनीमाथि गौरीघाटमा रहेको हेल्थ क्लबमा गोली प्रहार भएको हो । उनलाई दुई गोली लागेको प्रहरीले जनाएको छ । घाइते लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ । गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युन्न कार्कीले बताउनु भयो । लामा गुण्डागर्दी गैह्रकानुनी गतिविधि गर्दै अाएका छन् ।
तपाइँको प्रतिक्रिया