गृहमन्त्री गौतमले भने–हवाइजहाजबाट इन्धन ल्याउँछौं, आत्मसमर्पण गर्दैनौं

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भैरहेकाबेला उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले हवाइमार्गबाट इन्धन ओसार्ने बताएका छन् ।इन्धन अभावको सामना गर्न जोर बिजोर प्रणालीका आधारमा गाडी चलाउने घोषणा गरिसकेको भन्दै उनले आत्मसमर्पण गर्ने स्थिति आउन नदिने बताए ।
शनिबार नर्भिक अस्पतालले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले नाकाबन्दीको डटेर सामना गर्ने बताए ।‘भारतले नाकाबन्दी गर्दैैमा प्याक–प्याक हुन दिँदैनौं । काठमाडौंका जनतालाई आत्मसमर्पण गर्ने स्थिति आउन दिँदैनौं,’ भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री गौतमले भने, ‘हवाई जहाज अब रोकिने छैन ।
हवाई जहाजलाई चाहिने इन्धन हवाईमार्गबाटै ल्याउँछौं ।’समय धेरै परिवर्तन भैसकेकाले आफूहरुसँग पनि धेरै उपाय रहेको भन्दै उनले पहिलेको जस्तो नठान्न भारतलाई चेतावनी दिए । उनले संविधान निर्माण नेपालको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न समेत भने ।
तपाइँको प्रतिक्रिया