गैँडाकोटका काँग्रेस युवा नेता उपाध्याय गरे पार्टि परित्याग गर्ने घोषणा

गैँडाकोट, ६ मंसिर ।
नेपाली काँग्रेस गैँडाकोटका युवा नेता राजेन्द्रप्रसाद उपाध्यायले पार्टि परित्याग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औँ महाधिवेसनका क्रममा प्रदेश सभा क्षेत्र नं. १ (क) को प्रदेश अधिवेशन प्रतिनिधिमा पराजित भएपछि गैंडाकोटका युवा नेता उपाध्यायले पार्टी परित्याग गर्ने घोषणा गर्नुभएको हो ।
नेपाली काँग्रेसबाट गैँडाकोटमा वडा सदस्यमा निर्वाचित समेत रहनुभएका युवा नेता उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस राख्दै पार्टीको जिल्ला अधिवेशन पश्चात पार्टी परित्याग गरि स्वतन्त्र रुपमा रहने घोषणा गर्नुभएको हो । मङ्सिर १२ गतेदेखी कांग्रेसको साधारण सदस्य समेत नरहने उहाँले उल्लेख गर्नुभएको छ ।
यसअघि उहाँले पार्टीभित्र गुट उपगुट बनाएको भन्दै असन्तुष्ट व्यक्त गर्दै आउनुभएको थियो ।
पार्टी परित्याग गरेको घोषणा गरेसँगै उहाँको नगर सदस्य एवं वडा सदस्य पद के हुने भन्ने अन्यौल रहेको छ । लिखित रुपमा राजिनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा, अर्को दल खोलेमा र केन्द्रीय समितिले पार्टीबाट निस्कासन गरेमा भने जनप्रतिनिधि पद खारेज हुनेछ ।
तपाइँको प्रतिक्रिया