गैँडाकोटका गुरुङ समुदायले तमू ल्होसार पर्व धुमधामसँग मनाए

गैँडाकोट, १६ पुस । बिहीबार गैँडाकोटका गुरुङ समुदायले तमू ल्होसार पर्व धुमधामसँग मनाएका छन् । २६०५ औँ तमु ल्होसारको अवसरमा गैँडाकोटको तमु आदर्श गुरुङ समाजले महाबौद्ध गुम्वामा एकापसमा भेला भई शुभकामना आदानप्रदान तथा मीठा परिकार खाएर हर्सोल्लासका साथ यो पर्व मनाएका हुन् ।
महाबौद्ध गुम्बा परिषरमा बिहीबार बिहानै पूजापाठ गरेर ल्होसार मनाइएको थियो । त्यस्तै, बिहीबार दिउँसो औपचारिक कार्यक्रमसहित विभिन्न सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम समेत गरिएको थियो । गौतम बुद्धप्रति आस्था राख्ने सबै बिहानैदेखि लामा गुरुहरुमार्फत आशिर्वाद ग्रहण गर्ने र दियो बालेर पूजापाठ गर्ने क्रम दिनभर चलेको तमु आदर्श गुरुङ समाजले जनाएको छ ।
गाई वर्गको बिदाइसहित बाघ वर्गको स्वागत गर्न गैँडाकोटका गुरुङ समुदायले ल्होसार मनाउँदै आएका छन् ।
तपाइँको प्रतिक्रिया