गैँडाकोटका २६ संक्रमितले कोरोनालाई जिते, आज नवलपुरमा ९२ थपिए

गैँडाकोट, ३१ बैशाख ।
दोश्रो लहरको कोरोना संक्रमण सुरु भए यता नवलपुरमा ३ सय १९ जना निको भएका छन् । आज मात्रै नवलपुरका ३२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैडाकोटका २६ जना , देवचुलीका २ , कावासोतीका ३ र हुप्सेकोटका १ जना गरि ३२ जनाले कोरोना जितेका हुन् ।
शुक्रवार नवलपुरमा ९२ जना कोरोनाका बिरामी थपिएकाको पनि जिल्ला जनस्वाथ्य कार्यालय नवलपुरले जनाएको छ ।
जसमा गैडाकोटका ४२, देवचुलीका ५ , कावासोतीका ३१ , मध्यविन्दुका ४ , विनयी त्रिबेणीका ९ र अन्य १ जना गरि ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको हो । नवलपुरमा आज सम्ममा १०८६ जना सक्रिय संक्रमित रहेका छन् । आज थप एक जनाको मृत्यु भए संगै नवलपुरमा मृत्यु हुनेको सख्या १८ पुगेको छ ।
तपाइँको प्रतिक्रिया