गैँडाकोटका ३ सहित नवलपुरमा बुधवार २८ जनामा कोरोना संक्रमण पुष्टि

गैँडाकोट, ९ असार ।
नवलपुरमा बुधवार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ३ जना, देवचुलिका ७, कावासोतीका ३, मध्यविन्दुमा ५, विनयी त्रिवेणीमा १, हुप्सेकोटमा ८, बुलिङटारमा १ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा निको हुनेको सख्या भने ४० रहेको छ । बुधवार गैडाकोटका १५ जना निको भएका छन् ।
यस्तै देवचुलिका २, कावासोतीका १४, मध्यविन्दुका २, विनयी त्रिवेणीका ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको हो । जिल्ला संक्रिय संक्रमितको सख्या ३ सय ७१ रहेको छ । बुधवार थप १ जनाको मृत्यु भएको छ । यो संगै बैशाख यता जिल्लामा कोेरोनाका कारण ७८ जनाले ज्यान गुमाएका छन् ।
तपाइँको प्रतिक्रिया