गैँडाकोटको अक्सफोर्ड कलेजलाई अन्तराष्ट्रिय अवार्ड

गैँडाकोट, २२ मंसिर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट उत्कृष्ट कलेजमा छनौटमा परेको छ । छनौटमा परे संगै कलेजले द क्यालिटी एचिभमेन्ट अवार्ड २०२१ प्राप्त गरेको छ । स्वीजरल्याण्डको युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले संसारभरका कम्पनी, सार्वजनिक प्रशासन र अन्य संस्थहरुको गुणस्तर सम्बन्धी चेतना अभिवृद्धि गर्ने तथा सम्मान र पुरस्कृत गर्ने गर्दै आएकोमा यस वर्ष पहिलो पटक नेपालबाट अक्सफोर्ड कलेज छनौट भएको हो । कलेजले उक्त अवार्ड यही मंसिर २३ गते लिने कलेजका प्रिन्सिपल इन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो । दुबईको ५ तारे होटलमा वितरण हुने उक्त अवार्ड ग्रहण गर्नका लागि कलेजबाट प्रिन्सिपल भण्डारीको नेतृत्वमा १६ सदस्यीय टोली बिहीबार दुबईतर्फ लाग्दैछ ।
कलेजले प्राप्त गरेको अवार्डका बारेमा जानकारी दिने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल भण्डारीले द क्यालिटी एचिभमेन्ट अवार्ड देशकै गरिमासँग जोडिएको बताउनुभयो । कलेजले हालसम्म विभिन्न १८ वटा अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेको छ । पदक प्राप्तीसँगै कलेजको चुनौती बढेको उल्लेख गर्दै भण्डारीले आफूहरुले सामान्य कुराहरुमा समेत ध्यान दिनुपर्ने अवस्था आउँदा कलेजको गुणस्तरमा अझै बृद्धि हुँदै गएको बताउनुभयो । हाल अक्सफोर्ड कलेजमा दुई हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको अक्सफोर्ड कलेज आईटी पढाउने देशकै प्रमुख कलेजमध्येको एउटा कलेज हो ।
तपाइँको प्रतिक्रिया