गैँडाकोटको नारायणी माध्यमिक विद्यालयमा आयोजित पदभार ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न ।

गैँडाकोट,
नारायणी माध्यमिक विद्यालयमा आयोजित पदभार ग्रहण तथा बधाई कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सबै विद्यालयले अनुशासित विद्यार्थीमार्फत सुन्दर समाजको परिकल्पना गरेकोसमेत बताउनुभएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद चापागाईंले फरक सोच र परिकल्पनाका साथ आफूले काम गर्ने बताउनुभयो । यसैगरी नवनिर्वाचित शिक्षक अभिभावक संघका संयोजक हरिप्रसाद सापकोटाले परिवर्तनका लागि आफ्नो रचनात्मक भूमिका रहने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडा नं ७ का जनप्रतिनिधि धनबहादुर कुमालले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी जिसी, पूर्वजनप्रतिनिधि छलिमाया परियारलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई माइन्युट हस्तान्तरण एवम् पदभार ग्रहण गराइएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक गोविन्द रिमालले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया