गैँडाकोटबाट १२ दिनदेखि हराइरहेकी पुनम नारायणगढको शहिदचोकमा फेला

गैँडाकोट, २३ असार।
गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी युवती नारायणगढबाट फेला परेकी छन् । गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती १२ दिन देखि हराएको उनको परिवारले बताएका थिए । उनलाई नारायणगढबाट फेला परेको चितवन प्रहरी जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बेपत्ता भएको भन्दै आमाले मंगलबार आएर प्रहरीलाई फोटो देखाएकी थिइन् । सोही फोटोको आधारमा खोजि कार्य अगाडि बढाईएकोमा नारायणगढको शहिदचोकभित्र रहेको मेघौंली बसपार्कमा उनि आज भेटिएको प्रहरीले बताएको छ । उनलाई आजै परिवारको जिम्मा लगाइएको छ । उनीहरु गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए । पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखि औषधी सेवन गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना सम्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् ।
तपाइँको प्रतिक्रिया