गैँडाकोटमा असार २५ गते ४ स्थानबाट लगाईदैछ कोरोनाको दोश्रो डोज खोप

हिमा अर्याल, गैँडाकोट, २२ असार ।
गैँडाकोटमा यहि असार २५ गते शुक्रबार कोरोनाको दोश्रो डोज खोप लगाईने भएको छ । पहिलो डोज लगाएका गैँडाकोटका ९६० जनालाई मात्रै दोश्रो डोजको खोप दिइने गैँडाकोट स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनु भयो । नगरमा ९ सय ६० डोज मात्रै खोप आएकाले अन्य जिल्लामा पहिलो डोज लगाएकालाई खोप दिन नसकिने पोडेलले जानकारी दिनु भयो । दोश्रो डोज खोप गैँडाकोट स्वास्थ्य चौकी, गैँडाकोट नगर अस्पताल, अमरापुरी स्वास्थ्य चौकी, र आधारभुत स्वास्थ्य केन्द्र ढोडेनीबाट खोप लगाईने पौडेलले बताउनु भयो ।
खोप लगाउनका लागि प्रथम चरणमा भेरोसेल खोप लगाएको खोप कार्ड ल्याउनुपर्ने छ । दोस्रो मात्राको खोप जिल्लाभर ४ हजार ९६५ जनालाई लगाइने स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । नवलपुरमा यस अघि पहिलो चरणमा गैँडाकोटलाई ९६० डोज, देवचुलीलाई ७८२, कावासोतीलाई १०२५, मध्यविन्दुलाई ८७०, हुप्सेकोटलाई ४०४, विनयी त्रिवेणीमा ४०४, बौदिकालीमा २१० र बुलिङ्टारमा ३१० खोप डोज उपलब्ध गराइएको थियो । दोस्रो चरणमा पनि यही अनुपातमा उपलब्ध गराईने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया