गैँडाकोटमा आज राति १२ बजेपछि घरबाहिर हिंड्न नपाईने, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

गैँडाकोट, ३ जेष्ठ ।
गैँडाकोट नगरपालिकामा आज सोमबार राती १२ बजे बाट अत्यावश्यक बाहेक सवै सेवा एक हप्ता सम्म बन्द हुने भएको छ । नवलपुर जिल्लामा निषेधाज्ञा भएपनि गैँडाकोटमा कोरोनाका बिरामि बढिरहेकाले थप कडाई गर्न लागिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनु भयो । जेठ ३ गते राती १२ बजे देखि जेठ १० गत राती १२ बजे सम्म नगरपालिकाले थप कडाई गरेको हो । नगरले सुचना जारी गर्दै नगरपालिकामा औषधी उपचार गर्न र दुध तथा पानी खरिद बिक्रि गर्न बाहेक कोहीपनि घरबाहिर निस्कन र हिँडडुल नगर्न भनेको हो । नगर स्तरिय विपद् व्यवस्थापन समितिको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको र सोहि अनुसार सुचना जारी गरिएको नगर प्रमुख पौडेलले बताउनु भयो । नगरपालिकामा औषधी उपचार गर्न र दुध तथा पानी खरिद बिक्रि गर्न बाहेक कोहीपनि घरबाहिर निस्कन र हिँडडुल गर्न प्रतिबन्ध लगाईएको छ । बैंक तथा वित्तीय संस्था न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र विहिबार १० बजेदेखी १२ बजेसम्म खुल्ला रहने छन् । त्यस्तै विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व मनाउने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा समेतमा रोक लगाईएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा वढि नजान र जानै परे स्वास्थ्यका मापदण्डको पुर्ण रुपमा पालना गर्न भनिएको नगरपालिकाले जनाएको हो ।
तपाइँको प्रतिक्रिया