गैँडाकोटमा आज ४१ जना कोरोना संक्रमित निको हुदा ४९ जना फेरी थपिए ।

गैँडाकोट, ४ जेष्ठ ।
नवलपुरमा आज ९७ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोटका सवैभन्दा धेरै ४१ जना निको भएका छन् । गैँडाकोट नगरपालिकामा संक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ । आज गैँडाकोटमा ४९ जनामा कोरोना भाईरस पुष्टि भएको छ भने सक्रिय संक्रमित ४ सय २ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । जिल्ला भर दोश्रो लहरको कोरोना संक्रमण फैलिए संगै ६ सय ९७ जना निको भएका छन् । भने जिल्लामा सक्रिय संक्रमितको सख्या १ हजार ९७ रहेको छ ।
तपाइँको प्रतिक्रिया