गैँडाकोटमा आज ६६ जनाले कोरोनालाई जिते, नवलपुरमा ५१ जना कोरोना संक्रमण पुष्टि ।

गैँडाकोट, ७ जेठ ।
नवलपुरमा आज ५१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोट नगरपालिकामा १२ जना, कावासोतिमा १५, देवचुलिमा ४, मध्यविन्दुमा ३, विनयी त्रिवेणी गाँउपालिकामा १३, हुप्सेकोटमा ३ र अन्यमा १ सहित आज ५१ ज्नामा संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रमित संख्या ९ सय ९९ पुगेको छ ।
आज कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गैँडाकोटमा आज ६६ जना निको भएका छन् । देवचुलिमा ११, कावासोतीमा ३४, मध्यविन्दुमा ४, विजयी त्रिवेणीमा ११ र अन्यमा ४ सहित आज जिल्लामा १ सय ३० जना निको भएका छन् ।
तपाइँको प्रतिक्रिया