गैँडाकोटमा परिक्षाको नतिजा जेठ मसान्त सम्म प्रकाशन गर्न विद्यालयलाई निर्देशन, असार १ गतेदेखी नयाँ शैक्षिक सत्र शुरु हुने

हिमा अर्याल, गैँडाकोट, १७ जेठ ।
गैँडाकोटमा आन्तरिक मुल्याकंनबाट लिईएको परिक्षाको नतिजा जेठ मसान्त सम्म प्रकाशन गर्न विद्यालयलाई शिक्षा युवा तथा खेलकुद शाखाले निर्देशन दिएको छ । नतिजा आन्तरिक मुल्याकंनबाट गर्न भन्दै असार १ गतेदेखी नयाँ शैक्षिक सत्र शुरु हुने समेत जनाएको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजालले निर्देशनात्मक सूचना जारी गर्दै आउँदो असार १ गतेदेखी नयाँ शैक्षिक सत्र शुरु हुने हुँदा भर्ना अभियानको लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
कक्षा ४ देखी ९ सम्मको वार्षिक परिक्षाको सैद्धान्तिक मूल्याङ्कन विषयगत रुपमा गर्ने यस्तै त्रैमासिक परिक्षाको मुल्याङ्कनबाट ६० प्रतिशत, हजिरि, गृहकार्य, सिकाई सक्रियताका लागि २० प्रतिशत, प्रविधिमार्फत सिकाई उपलब्धिलाई २० प्रतिशत आधार मानि नतिजा प्रकाशन गर्न भनिएको छ । सो मूल्याङ्कन विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा बन्ने शिक्षकहरुको समितिले गर्न समेत भनिएको छ ।
कक्षा १ देखी ३ सम्म पूर्णतया निरन्तर विद्यार्थी मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन हुने छ । कक्षा ८ को पनि सोही विद्यि मार्फत २८ गतेभित्र बाह्य परीक्षाको मूल्याङ्कन गरी आई.ई.एम.आई.एस मा प्रविष्ट गर्न लागिएको छ । नतिजा प्रकाशन गर्दा विद्यार्थीको भौतिक उपस्थित नगराई विद्युतिय माध्यमबाट नतिजा उपलब्ध गराउनु पर्ने छ । सोमबार बसेको नगर शिक्षा समितिको बैठकले गरेको निर्णय पश्चात सूचना जारी भएको हो ।
हेर्नुहोस् सुचना
तपाइँको प्रतिक्रिया