गैँडाकोटमा एकीकृत सम्पत्ति करका विषयमा छलफल

श्रीधर उपाध्याय
गैँडाकोट, ५ जेष्ठ । गैँडाकोट नगरपालिकाले आगामी साउनदेखि लागु गर्ने भनेको एकीकृत सम्पत्ति करका विषयमा आज पनि वडातहमा छलफल हुँदै छ । नगरपालिकाले मालपोत र धुरी करको सट्टा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको हो । नगरपालिकाको क्षेत्राधिकार र दायित्व अन्तर्गत एकीकृत सम्पत्ति कर लागू गर्न लागिएको हो । यसले नागरिकलाई अनिवार्यरुपमा करको दायित्वभित्र ल्याउनुका साथै नगरपालिकाको आन्तरिक आम्दानीमा समेत वृद्धि हुने नगरपालिकाको विश्वास रहेको छ । बुधबार पनि ४ वटा वडामा छलफल हुँदै छ । बुधबार आज वडा नं. १०,१२, १३, र १६ नम्बर वडामा छलफल हुँदैछ । हरेक वडामा अपरान्ह ४ बजे छलफल सुरु हुने छ । वडा नं. १०, १२, १३ को छलफल संयुक्त वडा कार्यालय मुकुन्दपुरमा हुँदैछ भने वडा नं. १६ को छलफल संयुक्त वडा कार्यालय अमरापुरीमा हुँदै छ । यसै गरि भोली बिहिबार पनि एकीकृत करका विषयमा वडा तहमा छलफल हुने छ । भोलीको छलफल वडा नम्बर ११, १४ र १७ मा हुने छ । भोली पनि अपरान्ह ४ बजेबाट छलफल सुरु हुने छ । भोलीको छलफल वडा नं. ११ को संयुक्त वडा कार्यालय मुकुन्दपुरमा हुँदैछ भने वडा नं. १४ र १७ को छलफल संयुक्त वडा कार्यालय अमरापुरीमा हुने गैँडाकोट नगरपालिकाले जनाएको छ । एक दिने अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थितका लागी वडा नागरीक मञ्च, राजनैतीक दलका प्रमुख तथा प्रतीनिधी, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतीनिधी, सरोकारवाला निकायका प्रमुख तथा प्रतीनिधी, लगायत सम्पुर्ण वडा÷नगरबासीहरुलाई नागरपालिकाले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया