गैँडाकोटमा खोप नलगाएका ज्येष्ठ नागरिकलाई नाम टिपाउन आग्रह ।

गैँडाकोट जेठ २० ।
गैँडाकोट नगरपालिकाका हरेक वडाका वडाध्यक्षहरुले कोभिड १९ विरुद्धको खोपका लागि ज्येष्ठ नागरिकको नाम टिपाउन अनुरोध गरेका छन् ।आफ्ना टोलका वडाध्यक्षहरु संग पुगि यस अघि खोप नलगाएका कुनै परिवारका जेष्ठ नागरिक भए नाम टिपाउन भनिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनु भयो । २१ गतेसम्म नाम टिपिसकेपछि सङ्ख्याका आधारमा खोप लगाईने छ ।
तपाइँको प्रतिक्रिया