गैँडाकोटमा चित्रकारहरुद्धारा महाकवि देवकोटाको चित्र उतार्ने प्रयास

गैँडाकोट, १६ कार्तिक ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १३औँ जन्मजयन्तीको अवसर पारेर गैँडाकोटमा कविता तथा चित्रकलाको कार्यशाखा गोष्ठि गरिएको छ । ‘कलम र कुचीमा देवकोटा बिम्ब’ नामक उक्त कार्यक्रममा देवकोटाले नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानलाई जीवित राख्ने प्रयास स्वरुप चित्रकारहरुले देवकोटाको चित्र उतार्ने प्रयास गरेका थिए । हामी कलाकार, कलावती आर्ट काउन्सिल र त्रिवेणी साहित्य प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरिएका हुन् । गैँडाकोट ४ मा रहेकोे किसान ग्यालरीको भित्र र बाहिर बसेर चित्रकारहरुले देवकोटाको चित्र कोरेका थिए ।
कलाकारहरुको क्षमतालाई सामूहिकरुपमा प्रदर्शन गर्नको लागि कार्यक्रमले सघाउ पुर्याएको चित्रकार भीमप्रसाद शर्मा सुवेदीले बताउनु भयो । आयोजकका अनुसार खरिद गर्न चाहने व्यक्तिहरुले सोही ग्यालरीबाट देवकोटाका चित्र खरिद गर्न समेत पाउनेछन्। यस्तै कार्यक्रममा कविहरु देवकोटाबारे कविता समेत लेखेर बाचन गरेका थिए । कलाको सम्मानको लागि यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने चित्रकार शर्माको भनाई छ ।
तपाइँको प्रतिक्रिया