गैँडाकोटमा जेठ २८ र ३० गते भेरोसेल खोप लगाईने, ४ स्थानमा खोप केन्द्र निर्धारण

हिमा अर्याल,गैँडाकोट, २५ जेठ ।
गैँडाकोट नगरपालिकामा जेठको २८ गते शुक्रबार,र जेठ ३० गते आइतबार कोभिड १९ विरुद्धको भरोसेल खोप लगाईने भएको छ । खोपको पहिलो डोज ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाईने गैँडाकोट नगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि लागि ४ स्थानहरु तोकिएको छ । वार्ड नंम्बर १०, ११, १२,१३,१४ वडाका व्यक्तिले गैँडाकोट नगर अस्पतालमा, वार्ड नंम्बर १५, १६, १७, १८ का व्यक्तिलाई अमरापुरी स्वस्थ्य चौकिमा र वार्ड नम्बर १,२,४,५,६,७, ८, ९ का व्यक्तिलाई गैँडाकोट स्वास्थ्य चौकिमा जेठको २८ गते लगाईने छ ।
३ नम्बर वडामा भने आधारभुत स्वास्थ्य केन्द ढेडेनीमा जेठ ३० गते आइतबार भेरोसेल खोप लगाईने छ । सवै स्थानमा विहान १० बजे देखि बेलुका ५ बजे सम्म खोप लगाइने छ । खोप लगाउन जादा आफ्नो परिचय खुन्ने नेपाल सरकारले उपलव्ध गराएको परिचय पत्रका साथ पुग्नु पर्ने छ । जिल्लामा प्रयाप्त मात्रामा खोप नआईसकेका कारण अन्य उमेर समुहलाई लगाउन नसकिने गैँडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत याम प्रसाद सुवेदिले जानकारी दिनु भयो । गैँडाकोटमा ९६०(डोज) खोप मात्रै पठाईएको जिल्ला स्वास्थ्य शाखा नवलपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया