गैँडाकोटमा तीन दिने कानुनी साक्षरता एवं उद्घोषण तालिम आयोजना ।

राजन खरेल, ११ जेष्ठ, गैँडाकोट ।
गैँडाकोट नगरपालिका वार्ड नं २ ले तीन दिने कानुनी साक्षरता एवं उद्घोषण तालिम आयोजना गरेको छ । वार्ड नं २ का महिलाहरुलाई लक्षित गरी गैडाकोट नगरपालिका वार्ड नं २ मा रहेको श्रीराम पार्टि प्यालेसमा तालिमको आयोजना गरिएको हो । तालिमको गँैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बिहिबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै नगर प्रमुख पौडेलले, तालिमहरुले महिला हिंसा अन्त्य गर्न मद्दत पुर्याउने बताउनु भयो । साथै महिलाहरुको क्षमता विकासमा यसले सहयोग गर्ने उहाले बताउनु भयो । कार्यक्रममा वार्ड नं २ का १८ वटा महिला समूह लगायत वडाका टोल विकास संस्था गरी ७० जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा महिला संजाल नगर अध्यक्ष राधा लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिममा पूर्व नवलपरासी वार एसोसिएनका अध्यक्ष चेतप्रसाद शर्मा र नवलपुरका कानुनी अधिवक्ता दिपक भटटराईले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम वार्ड नं २ का वार्ड अध्यक्ष धुव्रराम पौडेलको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया