गैँडाकोटमा तीन दिने फोहोर संकलन अभियान सुरु

श्रीधर उपाध्याय
गैँडाकोट, ५ जेष्ठ । गैँडाकोट नगरपालिकाले तीन दिने फोहोर संकलन अभियान सुरु गरेको छ । आज देखि सुरु हुने अभियान तीन दिन सम्म चल्ने छ । अभियानको पहिलो दिन बुधबार गैँडाकोट वडा नं. १, २ र ३ मा हुने छ । गैँडाकोट १ को व्रिटिस क्याम्पबाट सुरु हुने अभियानमा सम्पूर्ण नगरबासीले आफ्नो घरमा संकलित फोहोरलाई नगरपालिकाको गाडीमा राखिदिन नगरपालिकाले आग्रह गरेको छ । फोहोर संकलनको लागि नगरपालिकाको गाडिले विहानै ७ बजेबाट फोहोर संकलनको काम सुरु गरेको नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले जानकारी दिनुभएको छ । सुइरो कार्यक्रम अन्तर्गत प्राप्त सुइरोमा संकलित प्लाष्टिकहरु समेत संकलन गरिने नगरपालिकाले जनाएको छ । यो कार्यक्रम भोली र पर्सि सम्म जारी रहनेछ । बिहिबार (भोली) गैँडाकोट वडा नं. ४, ५ र ६ मा फोहोर संकलन गरिनेछ भने शुक्रबार (पर्सी) गैँडाकोट वडा नं. ७, ८ र ९ मा फोहोर संकलन हुनेछ । नगरपालिकाले आयोजना गरेको तीन दिने फोहोर संकलनको अभियानमा टोलसुधार समिति, वडा नागरिक मञ्चका प्रतिनिधि र नगरबासीले समेत सहयोग गरिदिनुहुन गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया