गैँडाकोटमा निषेधाज्ञामा केहि खुकुलोपन, भोलिबाट जिल्ला प्रशासन कार्यालय नवलपुरद्धारा जारी आदेश पालना गरिदै ।

गैँडाकोट, १० बैशाख ।
गैँडाकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरद्धारा जारी गरिएको निषेधाज्ञालाई पूर्ण पालना गराउने भएको छ । निषेधाज्ञामा थप कडाई गरिरहेको नगरपालिकाले आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले भोलिबाट जिल्ला प्रशासन कार्यालय नवलपुरद्धारा जारी आदेशको जेठ १४ गते राति १२ बजेसम्म कार्यान्वयन गराउने भएको छ । यस अघि नगरभित्र कोभिड १९ को सक्रमण तीव्र हुँदा घरबाट वाहिर हिँड्न समेत बन्देज लगाइएको थियो ।
नगर विपत व्यवस्थापन समितिको बैठक वसी भोलिबाट विहान ६ बजेदेखि ९बजेसम्म खाद्यवस्तु, तरकारी,फलफूल, दुध र पानी विक्रिवितरणका पसलहरु खुल्ला गर्न अनुमति दिइएको छ । गैँडाकोटमा खाद्यवस्तु, तरकारी फलफूल लगायतका पसलहरु विहान तीन घण्टा खोल्न पाइने छ । सवैले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नुपर्ने नगर प्रमुख छत्रराज पौडेलले बताउनु भयो ।
जेठ १६ गतेदेखि वडा कार्यालय र नगरपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरु पनि संचालन गर्ने निर्णय भएको छ ।
तपाइँको प्रतिक्रिया