गैँडाकोटमा भोलिदेखि सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा

गैँडाकोट, २० फाल्गुन
नवलपरासी ( बर्दघाट सुूस्तपुर्व) को गैँडाकोटमा आइतबारदेखि सुरु हुने प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सवको सम्पुर्ण तयारी पूरा भएकोे छ । शनिबार पत्रकार सम्मेलन गरीे आइतबारदेखि चैत्र १ गतेसम्म गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुँने उक्त औद्योगिक व्यापार मेला महोत्सवको तयारी पुरा भएको महोत्सब संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले जानकारी दिनुभयो । “आर्थिक विकासको मुल आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सवको उदघाटन प्रतिनिधी सभाका सांसद डाक्टर शशांक कोइरालाले गर्नुहुनेछ ।
देशमा नै उद्योग मैत्री वातावरण वन्न नसकेको भन्दै प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्नुपनि महोत्सवको उद्धेश्य रहेको अध्यक्ष कोइरालाले बताउनुभयो ।
महोत्सवमा गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रर्वद्र्धन तथा बजारिकरण गरिनेछ भने प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिने छन् । त्यस्तै महोत्सवको आकर्षकको रुपमा औद्योगिक व्यापार मेला, वालउद्यान , हस्तकला मेला, पूष्पमेला, अटोमेला, सुचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य बस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामग्रीहरुको विक्री वितरण समेत गरिनेछ ।
महोत्सवको करीब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि ८० रुपैयाँ टिकट लाग्नेछ भने विद्यार्थी वर्गका लागि प्रतिटिकट ५० रुपैँया निर्धारित गरिएको छ । करिव ८० हजार रुपैँयाको टिकट विक्री गरिने समेत आयोजकले अनुमान गरेको महोत्सबका सहसंयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं जिल्ला उद्योग वाणिज्य महासंघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।
महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश भित्र रहेका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघसंगको सहआयोजनामा हुन लागेको हो ।
महोत्सबबाट रु १ करोड ६० लाख अनुमानित खर्च हुनेमा खर्च कटाएर रु ३५ लाख बचत हुने अनुमान आयोजकले गरेको छ । मेलाबाट बचत भएको रकमले नवलपुरको पर्यटकिय क्षेत्रको प्रवद्र्धन, उद्यमशिलता विकास र महिला उद्यमीहरु एवं जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया