गैँडाकोटमा संक्रिय संक्रमितको संख्या घटेर २ सय ८४, जिल्लाभर १ सय १४ जना निको

गैँडाकोट, २१ जेठ ।
गैँडाकोटमा संक्रिय संक्रमितको संख्या घटेर २ सय ८४ पुगेको छ । नवलपुरका अन्य नगरपालिका भन्दा बढि संक्रमित गैँडाकोटका रहेका थिए । निको हुने सख्या बढे पछि सक्रिय संक्रमित क्रमश घटिरहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १४ जना निको भएका छन् । निको हुनेमा गैँडाकोटका सबै भन्दा बढि ६८ जना रहेका छन् । देवचुलिमा १३, कावासोतीमा ८, विनयी त्रिवेणीमा २०, बौदिकालिका ५ र अन्यमा १ जना रहेका छन् ।
यसैविच आज जिल्लामा १ सय ८ जना संक्रमित थपिएका छन् । जसमध्ये गैँडाकोटका १८, देवचुलिका १, कावासोतीका २२, मध्यविन्दुका ८, विनयी त्रिवेणीका ८, हुप्सेकोटका १, बौदिकालिमा ४९ र अन्यमा १ सहित १ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लाभर संक्रिय संक्रमितको सख्या ९ सय २४ रहेको छ । आज मृत्यु हुनेको सख्या ० रहेको छ ।
तपाइँको प्रतिक्रिया