गैँडाकोटमा सवारी दुर्घटनामा परी दुई जना घाईते

माघ २९ ,गैंडाकोट
गैंडाकोटको विजय चोकमा भएको दुर्घटनामा दुई जना घाईते भएका छन । कालीका माध्यमिक विद्यालयको लु १ क ३३८० नम्बरको बस र बा ९३ प ४४२९ नम्बरको मोटसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन । गैंडाकोट ७ का सन्जय श्रेष्ठ र गणेश श्रेष्ठ घाईते भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । घाईतेको नया मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
तपाइँको प्रतिक्रिया