गैँडाकोटमा ५५ वर्ष माथिका नागरिकलाई असार ३१ र साउन १ गते भेरोसेल खोप लगाईने

हिमा अर्याल, गैँडाकोट, २९ असार ।
गैँडाकोट नगरपालिकाले भेरोसेल खोप लगाउने तालिका सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकामा ७ स्थानबाट भेरोसेल खोप लगाइने प्रमुख प्रशासकिय अधिकृत यामप्रसाद सुवेदीले जानकारी दिनु भयो । नगरपालिकालाई प्राप्त भएको खोप असार ३१ र साउन १ गते लगाईने भएको छ ।
५५ वर्ष माथिका सवै पहिलो खोप नपाएकालाई, विश्व विद्यालय, विद्यालय प्राध्यापक, शिक्षक र कर्मचारी, अत्यावश्यक सेवामा संलग्न बाकि व्यक्तिहरुलाई, खोप अनिवार्य गरेका देश जाने नागरिकलाई, दोश्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुलाई र सार्वजनिक यातायातमा कार्यरत चालक तथा कर्मचारीहरुलाई विशेष प्राथमिकताका आधारमा खोप लगाईने छ ।
वडा अनुसार खोप लगाईने स्थान तोकिएको छ । तालिका अनुसार वडा नम्बर १० देखि १४ सम्मलाई गैँडाकोट नगर अस्पतालमा, वार्ड नं १५ देखि १८ सम्मकालाई अमरापुरी स्वास्थ्य चोैकिमा, वडा नं ६ र ७ कालाई आधाभुत स्वास्थ्य केन्द्र वडा नं ६ मा, वडा नं ४,५, ८,९ लाई गैँडाकोट स्वास्थ्य चौकिमा, वडा नं ३ कालाई आधारभुत स्वास्थ्य केन्द्र ढोडेनीमा, वडा नं १ का लाई आधारभुत स्वास्थ्य भवनमा र वडा नं २ का लागि महेन्द्र स्मारक निमाविमा खोप लगाईने छ । आफ्नो परिचय खुल्ने प्रमाण पत्र सहित खोपकेन्द्रहरुमा पुग्न र सामाजिक दुरीको पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यसैविच जिल्लाका लागि १९ हजार ५ सय भेरोसेल खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनु भयो । गैँडाकोट नगरपालिकामा भने ३६ सय डोज भेरोसेल खोप आउने छ । आज करिब ४५ सय खोप पोखराबाट आउने भएको जानकारी दिदै चापागाईले आएको खोपबाट गैँडाकोट नगरपालिका र बौदिकालि गाँउपालिकामा खोप पठाईने बताउनु भयो । सवै खोप आइपुग्न समय लाग्ने बताउदै क्रमैसंग पालिकाहरुलाई खोप पठाइने चापागाईले बताउनु भयो । नवलपुरलाई प्राप्त हुने १९ हजार ५ सय खोप जिल्लाका पालिकाहरुमा जनसख्याको आधारमा निर्णय गरि पठाईने चापागाईले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया