गैँडाकोट नगरपालिकाका युवाहरुले गरे, नगर प्रमुख छत्रराज पौडेलको ध्यानाकर्षण ।

गैँडाकोट, १ असार ।
गैँडाकोट नगरपालिकाका युवाहरुले नगर प्रमुख छत्रराज पौडेलको ध्यानाकर्षण गरेका छन् । बिहिबार युवाहरुले नगर प्रमुख पौडेललाई भेटेर नितिगत रुपमा अघि बढ्न सुझाऊ गरेका हुन् । लामो समय देखि गैँडाकोट नगरपालिकाको काम कारवार्हि स्थगित भैरहेको अबस्थामा जनताको विकास र संमृद्धिको सपना समेतमा कुठराघात भैरहेको भन्दै युवाहरुले नगर प्रमुखलाई जनताको पक्षमा काम गर्न आग्रह गरेका हुन् ।
कुनै समुहले बिनाकारण बितन्ड मच्चाए पनि त्यसको ठाडो प्रतिकार गर्दै अघि बढ्न युवाहरुले सुझाब दिएका हुन् ।
बिगत केहि दिन देखि गैँडाकोटमा अनावश्यक कुरामा बखेडा झिकेर नगरपालिकाको काम कारबाहीलाई अबरोध गरिदैं आएको छ । खास गरि नगरपालिकामा बहुमतको दम्भका आधारमा उप प्रमुखको समुहले बखेडा झिकेर नगरबासीको भावनामाथी कुठराघात गर्दै आएको प्रगतिशिल युवा नेता रमेश ढकालले बताएका छन् ।
नगरपालिकाले जनताको पक्षमा उत्कृष्ट कार्य गरेसंगै विपक्षीहरु आत्तिएर हरेक कुरामा अबरोध गर्दै आएको भेलामा सहभागी युवाले आरोप लगाएका थिए । सत्य र निष्ठा संग नझुकी कन जनपक्षमा दृढताका साथ उभिन युवाहरुले आग्रह गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख छत्रराज पौडेलले नगरपालिकामा जनपक्षमा आफुलाई कामगर्न निरन्तर अवरोध शिर्जना भैरहेको खुलासा गर्दै आफु सधै सत्य–निष्ठा पुर्वक अघि बढ्ने जनाएका छन् ।
तपाइँको प्रतिक्रिया