गैँडाकोट नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न ÷ ६२ करोड ३ लाख ८८ हजारको बजेट प्रस्तुत ।

राजन खरेल,
गैँडाकोट, १७ असार ।
गैँडाकोट नगरपालिकाको तेस्रो नगर सभाले ६२ करोड ३ लाख ८८ हजारको बजेट प्रस्तुत गर्दै समापन भएको छ । गत असार १० सुरु भएको नगर सभा आईतबार, निति तथा कार्यक्रम सहित विभिन्न कार्यक्रम पास गर्दै समापन भएको हो ।
सभामा चालु खर्च, पुँजीगत खर्च र वितिय ब्यबस्थाको रकम सहित ६२ करोड ३ लाख बराबरको बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाले कृषि तथा सिंचाईका कार्यक्रमलाई प्रमुख प्राथामिकतामा राखेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभएको छ । पौडेलले नगर सभापछि संक्षिप्त प्रतिकृया दिदै सिंगो गैँडाकोट नगरपालिकाले अहिले संमृद्ध गैँडाकोटको अभियान कार्यान्वय गर्नका लागी एकमना एकताका साथ प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
आईतबार नगरपालिकाका उप प्रमुख विष्णु कुमारी कंडेल द्धारा प्रस्तुत बजेटमा आन्तरिक राजश्वबाट ३ करोड ८० लाख , राजश्व बाडफाडँ बाट १ करोड, नेपाल सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १५ करोड ५२ लाख , नेपाल सरकार बाट प्राप्त हुने सशर्त अनुदान बाट१८ करोड ८६ लाख नगरपालिकालाई आम्दानी हुने जनाईएको थियो ।
प्रस्तुत बजेटमा चालु खर्चबाट सामाजिक विकासका लागी १ करोड ७७ लाख ५० हजार बिनियोजन गरिएको छ भने आर्थिक विकासका लागी ७६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासका लागी ३५ लाख बिनियोजन गरिएको उप प्रमुख विष्णु कंडेलले जानकारी दिनुभयो । यस्तै पूजिगत खर्च तर्फ वडागत विभाजनमा ९करोड ७५ लाख, सामाजिक विकासका लागी १ करोड १२ लाख ५० हजार, आर्थिक विकासका लागी ४ लाख २० हजार बिनियोजन गरिएको उप प्रमुख कंडेलले जानकारी गराउनुभयो ।
संमृद्ध गैँडाकोट महाअभियानमा रहेको गैँडाकोट नगरपालिकाले पुर्वाधार बिकास , संरचना विकास, खुल्ला विश्वविधालय जस्ता योजनालाई प्रमुख प्राथामिकताका साथ अगाडी बढाएको हो ।
नगरसभाले गत असार १० गते प्रस्तुत भएको निति तथा कार्यक्रम समेत सम्सोधन सहित पास गरेको छ ।
नगरपालिकाकाले आगमी आर्थिक वर्ष भित्र नगरबासीलाई चुस्त, दुरुस्त सेवा प्रबाहका लागी नगरको समन्यत्र राम्रो बनाउने, मुलुक संघीय संरचना कार्यान्वयनको दिशामा अघि बढेको सन्दर्भमा तीनवटै स्थानीय तह बीच साझेदारी गरी अन्तरसम्बन्ध स्थापना, स्रोत र साधनको बाँडफाँड, राजश्व परिचालनजस्ता विषयहरु थप स्पष्ट हुँदै जाने जनाईएको छ ।
नगरसभामा समय मागेर बोल्दै नगर सभा सदस्य ईश्वरी प्रसाद चापागाईले नीति तथा कार्यक्रममा धेरै कुरा रहेपनि कार्यान्वयन नहुने खालको भएको भन्दै गुनासो गर्नूभयो । उहँले ६२ करोडको बजेट प्रस्तुत हुदाँ शिक्षामा ६० लाख मात्र बिनियोजन हुनु दुर्भाग्य पुर्ण भएको बताउनुभयो । छलफलका क्रममा नगर सभा सदस्य कृष्ण प्रसाद सापकोटाले नगरपालिकाका प्रमुख अधिनायक बाद तर्फ उन्मुख भएको र उप प्रमुख अराजक बन्दै गएको स्पष्ट पार्नुभयो । सापकोटाले नगरप्रमुख पौडेल केन्द्रिय सरकारको पहुचँका आधारमा अधिनायक बाद उन्मुख बनेको र उप प्रमुख नगर कार्यपालिकामा भएको आफ्नो बहुमतका आधारमा अराजकता तर्फ लाग्दै आएको खुलासा गर्नुभएको हो ।
छलफलका क्रममा नगर सभा सदस्य सुरेन्द्र प्रसाद रेग्मी, प्रकाश सापकोटा, गोविन्द कोईराला, पार्वती सापकोटा, लक्ष्मि प्रसाद सापकोटा, तेज प्रसाद घिमिरे लगायतले नगरपालिकामा आवश्यकता र औचित्यका आधारमा कार्यक्रम अघाडि सार्नुपर्नेमा जोड दिनुभयो । छलफलका अधिकांश बक्ताहरुले वडा नंम्बर ३ र १८ लाई न्युनतम सुबिधा समेत बाट बञ्चित गरिएको भन्दै , त्यसतर्फ शिक्षा, स्वास्थ्य, सडक निर्माण, जस्ता क्ुराको पुर्वाधार विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया