गैँडाकोट नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

गैँडाकोट, १० असार ।
गैँडाकोट नगरपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकाको तेस्रो नगर सभामा आईतबार नगरपालिकाका उप–प्रमुख विष्णु कुमारी कंडेलले आगामी वर्ष २०७५÷२०७६ को निति तथा कार्यक्रम सार्वजनिक प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले यस अघि घोषित केहि पुराना कार्यक्रमलाई प्राथामिकता दिदैं नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
सभाले समृद्ध नगरको अभियान पुरा गर्न आगामी २०७५ ०७६ मा अबलम्बन गर्ने कार्यक्रम बारे योजना प्रस्तुत गरेको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।
सुखी नेपाली संमृद्ध नेपाल, संघिय सरकारको नारालाई आत्मसाथ गर्दै गैँडाकोट नगरपालिकाले तय गरेको संमृद्ध गैँडाकोटको अभियानलाई पुरा गर्ने गरि आगामी १ वर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत भएको पौडेलले जानकारी दिनुभयो ।
नगर सभामा नगरपालिकाका उप प्रमुख विष्णु कुमारी कंडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीलाई सुखी र समृद्ध बनाउन अघि बढेको बताउनुभयो । नगरपालिकालाई अघि बढाउन प्रदेश र संघिय सरकार संग समन्वय गरि अघि बढ्ने उप प्रमुख कंडेलले बताउनुभयो ।
मुलुकको आन्तरिक श्रोतको उच्चतम परिचालनका लागी कर, दस्तुर सेवा शुल्कका क्षेत्रहरुको दायरा फराकिलो बनाउदैं करदातालाई करको सदुपयोग भएको महशुस गराउने जनाउनुभयो । मुलुक संघिय संरचना कार्यान्वयको दिशामा अघि बढेको सन्र्दभमा तिन वटै स्थानिय तह बिच साझेदारी गरि अन्तर सम्बन्ध स्थापना, स्रोत र साधनको बाडँफाडँ, राजश्व परिचालन जस्ता विषयहरु थप स्पष्ट हुदै जाने उहाँले उल्लेख गर्नुभयो । नगरबासीलाई सुशासन र पारदर्शीताको प्रत्याभुत गराउन डिजिटल वडापत्र निर्माण देखि अनलाईन फारम भर्ने पद्धति र वेबसाईटलाई प्रयोगमा ल्याउने भनिएको छ ।
सेवाग्राहीहरुको सन्तुष्टि मापन गर्ने संयन्त्रको स्थापना गर्ने, जृष्ठ नगारिकलाई संरक्षण र सम्मानको निति ल्याईने , नगरपालिकालाई स्मार्ट सिटीको अवधारणामा अगाडी बढाउदै लग्ने, गैँडाकोटको लगानी प्रर्वद्धन र आकर्षित गर्दै विधुत उत्पादनमा जोड दिन कालिगण्डकीको पानी गँैडाकोटको लगानी कार्यक्रमको सम्भाब्यता अध्ययन गरिने लगायतका रहेका छन् । यस्तै आर्थिक विकास निति अन्र्तगत नगर भित्र विभिन्न खाधान्न बाली तथा नगदे बालीका लागी विशेष पकेट क्षेत्र तोकी विभिन्न कार्यक्रम संचालनमा ल्याउने, कृषि र उत्पादनमा बृद्धि गर्न नगरका विभिन्न वडालाई पशुपालन र नगदेवाली केन्द्रका रुपमा अघि बढाईएको जनाईएको छ ।
यसैबिच नगरसभामा विभिन्न ४ थप प्रतिवेदन प्रस्तुत भएका छन् । सभामा न्यायिक समितिको प्रतिवेदन, नगर स्तरिय अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, विपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन गर्न बनेको विधेयक २०७५, लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको नगरपालिकाका सुचना अधिकारी लिलाधर शर्माले बताउनुभएको छ ।
तपाइँको प्रतिक्रिया