गैँडाकोट नगरपालिकाको बालमैत्री अभियान अघि बढ्दै, शनिबार गैडाकोट–१५ मा बालक्लब गठन ।
राजन खरेल,
गैँडाकोट,२६– जेठ ।
गैडाकोट–१५ स्थित मनकामना टोलको बालभेलाले सुवेक्षा तिमिल्सेनाको अध्यक्षतामा ११ सदस्यीय बालक्लब गठन गरेको छ । जसको उपाध्यक्षमा रिसब सापकोेटा, सचिव प्रिया रानाभाट, कोषाध्यक्षमा प्रनिस रानाभाट, सहसचिव वर्ष भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा सृजन अधिकारी, मुनाल न्युरे, विष्णु रानाभाट, सन्दिप कुमाल, रिद्धिमा श्रेष्ठ र विपिका पौडेल रहेको गैँडाकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य कान्तिमाया पुरीले जानकारी दिनुभएको छ ।
गैडाकोट नगरपालीकाको वडा नंम्बर १५मा रहेको मनकामना टोल विकास संस्थाको संयोजनमा शनिबार बालक्लब गठन गरिएको हो । मनकामना टोलमा भएको बालभेला बाट शनिबार ११ सदस्यीय बालक्लब गठन गरिएको हो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर–१५ का वडाध्यक्ष रामकुमार श्रेष्ठले वडालाई बालमैत्री वडाको रुपमा अगाडी बढाउन वडा समिति लागी परेको धारणा राख्नुभएको थियो । उहाँले नगरपालिकाले अघि बढाएको बालमैत्री नगर स्थापनाको अभियानमा वडा समिति अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको हो । भेलामा सामाजिक परिचारिका गिता पन्थ यस्तै वडा समिति सदस्य, स्थानिय बालबालिका लगायतको सहभागिता रहेको थियो ।
गैडाकोट नगरपालिकाको बालमैत्री अभियान अघाडी बढाए संगै नगरका विभिन्न वडामा बालमैत्री अभियान तिब्र रुपमा अघि बढेको हो । सोही अन्र्तगत वडाहरुमा विभिन्न बालक्लब गठन गर्ने कार्य भैरहेको छ यस्तै बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु संचालन हुदै आएका छन् ।
तपाइँको प्रतिक्रिया