गैँडाकोट नगरपालिकामा सहकारीको अनुगमन, स्वरोजगार कोषको कार्यक्रम प्रभावकारी बन्दै
गैँडाकोट, ८ असार ।
गैँडाकोट नगरपालिकाको वडा नंम्बर ७ मा युवा स्वरोजगार कोषको ऋण लगानीबारे अनुगमन गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी भएको थोक कर्जा रकमको लगानी बारे शुक्रबार अनुगमन गरिएको हो ।
सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैँडाकोट–७ बाट लगानी भएको ८ व्यवसायी हरुको अनुगमन गरिएको थियो । संस्थाबाट हाल १४ जना ब्यबसायिलाई लगानी गरिएको थियो । कोषको रकम पुर्व सर्त अनुसार सदुपयोग भएनभएको बारे अनुगमन गरिएको हो ।
अनुगमन कै क्रममा सहकारीले लक्षित वर्ग सम्म पैसा लगानी गरेको पाईएको छ । यस्तै कागजातको प्राविधिक ब्यबस्थापन प्रभावकारी रुपमा भएको पाईएको हो । अनुगमनका क्रममा युवा तथा साना ब्यबसायी स्वरोजगार कोषका सुचना अधिकृत सम्झना वाग्लेले सहयात्री साकोसले लगानी गरेको रकम प्रभावकारी देखिएको भएपनि नेपालका धेरै सहकारीले लक्षित वर्ग सम्म पैसा पुर्याउन नसकेको गुनासो गर्नुभयो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, साना तथा युवा ब्यबसायी स्वरोजगार कोषबाट संचालित युवा स्वरोजगार कोष, कार्यक्रम अन्र्तगतको भएको ऋण लगानी बारे अनुगमन गरिएको हो । अनुगमनका क्रममा सुर्य कुमार पुरी द्धारा संचालित उज्वल पोल्ट्री फर्म गैँडाकोट ७, धिरज कुमाल द्धारा संचालित स्यानु पोल्ट्री फर्म, शिवराज परियार द्धारा संचालित दिपेश दृश्टि पोल्ट्री फर्म, यस्तै चापागाई भैसी पालन लगायतमा अनुगमन गरिएको युवा स्वारोजगार कोष नवलपरासीका सदस्य सचिव प्रितम भुजेलले जानकारी दिनुभयो । सहकारीले स्वरोजगार कोष द्धारा संचालित रकमलाई प्रभावकारीता बारे अनुगमन भएको संस्थाका ब्यबस्थापक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सहकारीले शेयर सदस्यलाई गुणस्तरिय बितिय सेवा दिने अभियानमा अघि बढिरहेको समेत ब्यबस्थापक सापकोटाले बताउनुभएको छ ।
अनुगमनका क्रममा सहकारीका संचालक, युवा स्वारोजगार कोष नवलपरासीका सदस्य सचिव प्रितम भुजेल र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । विक्रम सम्बत २०६५ साल बाट संचालित युवा स्वारोेजगार कोष कार्यक्रम हाल नेपालका ग्रामिण भेग सम्म पुर्याएर युवाहरुलाई नेपालमै स्वरोजगार बनाउने कार्य हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया