गैँडाकोट नगरपालिकामा रोकिएको नियमित खोप सेवा फेरी सुरु ।

गैँडाकोट, ३ बैशाख ।
कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको गैँडाकोट नगरपालिकाको नियमित खोप सेवा सुरु हुने भएको छ । निर्धारित समय तालिका अनुसारनै बालवालिकाहरुलाई दिइदै आएको खोप सेवा सुचारु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम प्रसाद सुवेदीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखामा हरेक हप्ताको मंगलवार बालबालिकाहरुको लागि नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेको छ । यस अघि बैशाख २८ गते मंगलबार खोप सेवा स्थगित गरिएको थियो ।
तपाइँको प्रतिक्रिया