गैँडाकोट नगरपालिकाले कोभिड १९ ले मृत्यु भएका व्यक्तिका परिवारका लागि आर्थिक सहायता उपलब्ध गराउने

गैँडाकोट, १६ मंसिर । कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएका व्यक्तिको परिवारका लागि गैँडाकोट नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
नगरपालिकाले कोभिड १९ कारण मृत्यु भएकाहरुको परिवारका लागि ५० हजार रुपैँया आर्थिक सहायता उपलव्ध गराउने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीद्धारा बिहीबार जारी सूचनामा गैँडाकोट नगरपालिका स्थायी ठेगाना भै कोभिड १९ का कारण मृत्यु भएकाहरुका परिवारलाई एकसाता भित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
जारी सुचनामा आर्थिक सहायता दावी गर्न नगरपालिकाको स्वास्थ्य शाखामा आवश्यक प्रमाणसहित सम्पर्क गर्न समेत भनिएको छ ।
तपाइँको प्रतिक्रिया