गैँडाकोट नगरपालिका वार्ड नं ११ बालमैत्रि वडा घोषणा

पौष ११ , गैँडाकोट
समाजमा सामाजिक जागरण फैलाउन जरुरी रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । शुक्रबार गैंडाकोट वार्ड नम्बर ११ को बालमैत्री वार्ड घोषणा कार्यक्रममा उहाँले समाजमा अहिले पनि महिलाहरु बिभिन्न समस्याको भुरीमापर्नु परेको बताउदै त्यसबाट छुटकाराका लागी सामाजिक जागरण आवस्यक रहेको बताउनु भयो । त्यसको महत्वपुर्ण पाटो शिक्षा भएको उहाँको भनाई थियो । शिक्षाको कमिका कारण गर्भवती महिलाहरुमा पौष्टिक आहारको कमिका कारण अकालमै मृत्यु हुने गरेको बताउनु भयो । सर्वप्रथम त महिलाहरु आफै शिक्षित हुन जरुरी रहेको र सके सम्म आफनो जीवन परिर्वतनका लागी आफैले ध्यान दिनुपर्ने उहा बताउनु हुन्छ।
“बालमैत्री नगर गैंडाकोटको पहिचान , समृद्ध गैंडाकोट हाम्रो अभियान ” भने मुल नाराको साथ गैंडाकोट वार्ड नम्बर ११ ले बालमैत्री वार्ड घोषणा गरेको छ । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सविधान सभा सदस्य कृष्ण पौडेल , गैंडाकोट नगरपालिकाको नगरप्रमुख छत्रराज पौडेल रहनु भएको थियो । कार्यक्रममा बोल्दै कृष्ण पौडेलले रजस्वलाका बेला किशोरीहरुलार्इ बिद्यालय आउन पनि समस्या हुने गरेकोले बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था गर्नु पर्ने बताउनु भयो । उहाँले बालमैत्रि वडा घोषणा संगै यसलार्ई निरन्तरता दिन बिशेष ध्यान दिनुपर्ने समेत बताउनुभयो ।
११ नम्वर वडामा ९ वटा टोलबिकास संस्थाहरु रहेको र सबै टोलबिकास संस्थाहरुले बालमैत्रिलाई आगामी दिनमा निरन्तरता दिन प्रतिवद्धता जनाएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा यस अघि वडा घोषणका लागी गरिएको घर सर्वेक्षणमा सहयोग गर्नेहरुलाई समान गरिएको थियो भने बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रसतुत गरेका थिए । त्यस्तै वाल सन्जाल, टोलबिकास संस्थाहरु लाईसमेत सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानिय तहलाई बालमैत्रि बनाउन वडा कार्यालय संघ संस्था टोल बिकास संस्थाले पालन गर्नुपर्ने आचारसंहिता, शैक्षिक संस्थाले पालन गर्नुपर्ने आचार संहिता,बालबालिकाले पालन गर्नुपर्ने आचार संहिताका बारेमा सबै लाई जानकारी गराईएको थियो। यो गैडाकोट नगरपालिकाको दोस्रो बालमैत्रि वडा हो । कार्यक्रम वडाअध्यक्ष तथा बालमैत्रि स्थानिय शासन समितिका संयोजक गोबिन्द प्रसाद सुबेदीको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया