गैँडाकोट नगर अस्पतालमा जुट्यो ठूलो रकम, विदेशबाट मात्रै ३३ लाख बढि रकम अस्पतालाई प्रदान ।

गैँडाकोट, ३० असार ।
गैँडाकोट नगर अस्पताल सञ्चालनार्थ, एम्बुलेन्स तथा उपकरण खरिदका लागि विदेशी भुमिबाट पठाईएको रकम बुधबार एक कार्यक्रमको आयोजना गरि अस्पतालाई हस्तान्त्रण गरिएको छ । अस्पताल सञ्चालन भएपछि अहिले सम्म विदशीभुमिबाट मात्रै ३३ लाख रकम अस्पतालका लागि प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका वडा अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनु भयो । बुधबार एक कार्यक्रमका विच अष्ट्रेलिया र जापानमा रहनु भएका गैँडाकोटका स्थानीय युवा तथा नेपालीको सहयोगमा जुटेको रकम गैँडाकोट नगर अस्पतालका प्रमुख ईन्द्रराज शर्मालाई हस्तान्तरण गरिएको थियो ।
जापान छोराछोरी भई यहाँ रहेका अभिभावकबाट ३ लाख ७८ हजार ९ सय २९ रुपैयाँ, गैँडाकोट ११, १२ र १३ का विदेशमा रहेकाहरुबाट संकलन भएको ८ लाख ३० हजार ९ सय ९० रुपैयाँ गरि १२ लाख ९ हजार ९ सय १० रुपैयाँ नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका वडा अध्यक्ष गोविन्द सुवेदीले अस्पताललाई हस्तान्तरण गर्नुभयो । त्यस्तै गैँडाकोट १० का विदेशमा रहेकाहरुबाट संकलन भएको ७ लाख ७८ हजार ९ सय २५ रुपैयाँ गैँडाकोट १० का वडा अध्यक्ष देविदत्त कंडेलले हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरि चितवन नवलपुर भुस तथा पराल व्यवसायी समितिको तर्फबाट अध्यक्ष नरहरी सापकोटाले ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । यस रकमबाट अस्पतालमा एम्बुलेन्स खरिदका लागि टेण्डर आह्वान गरि प्रक्रिया अघि बढाईएको छ भने थाइराईड चेक गर्ने मेसिन खरिद गरि अस्पताललाई हस्तान्त्ररण गरिसकिएको छ । थाईराईड जाँच गर्ने मेसिन खरिद गरि गैँडाकोट नगर प्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गरिएको सो मेसिन नगर प्रमुख पौडेलले नगर अस्पताललाई प्रदान गर्नुभएको थियो । थाइराईड मेसिन छिट्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।
गैँडाकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदीले नगर अस्पतालमा एम्बुलेन्सको आवश्यकता देखी विदेशिएका युवाहरुसँग कुरा गरि रकम जुटाईएको जानकारी दिदै उहाँले अस्पतालमा अब शवबाहन समेतको आवश्यकता रहेको बताउनुभयो ।
गैँडाकोट १० का वडा अध्यक्ष देविदत्त कंडेल र गैँडाकोट १२ का वडा अध्यक्ष थिरबहादुर थनेतले विदेशमा रहेका साथीहरुले दिएको रकमको प्रयोगको सम्बन्धमा सहि सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको थियो । गैँडाकोट नगर अस्पतालका प्रमुख ईन्द्रराज शर्माले नगर अस्पताललाई सहयोग गर्नुहुने सबैमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
तपाइँको प्रतिक्रिया