गैँडाकोट नगर अस्पतालले कोरोना आशकां भएका बिरामिको अब हरेक दिन एन्टिजेन परिक्षण गर्ने ।

गैँडाकोट, ८ जेठ ।
गैँडाकोट ११ मा रहेको नगर अस्पतालले हरेक दिन एन्टिजेन परिक्षण गर्ने भएको छ । हरेक दिन बिहान १० बजे देखि १२ बजे सम्म बिरामि अस्पतालमा पुगेर कोभिड १९ को परिक्षण गर्न सक्ने छन् । कोरोना महामारी नियन्त्रण गर्ने प्रयोजनका लागि एऋच् स्वाब लिइ जिल्ला अस्पताल र प्रादेशिक जन स्वास्थ प्रयोगशालामा पठाइएका चभउयचत आउन ढिलाभइ कोभिड सन्क्रमित बिरामिको उपचार र प्रकोप नियन्त्रणमा समेत ढिलाइ हुने कुरालाइ मध्यनजर गर्दै एन्टिजेन परिक्षण सुरु गरिएको गैँडाकोट नगर अस्पतालका प्रमुख इन्द्रराज शर्माले जानकारी दिनु भएको हो । परिक्षणका लागि नाम टिपाउन नपर्ने बताउदै शर्माले बिरामि भए सिधै अस्पताल आउन आग्रह गर्नु भयो ।
तपाइँको प्रतिक्रिया