गैँडाकोट महोत्सवको तयारी तिव्र

माघ ७ , गैँडाकोट
माघ १५ गतेदेखि गैँडाकोटमा हुने तेस्रो गैँडाकोट महोत्सवको काम तिव्र पारिएको छ । महोत्सव काम ६५ प्रतिशत काम सकिएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले बताउनु भएको छ । अहिले महोत्सव परिसरमा पप्रमुख आकर्षणका रुपमा रहेको प्रवेश द्धार लन्डन ब्रिज , स्टल तथा सेल्फी जोन निर्माणको काम धमाधम भईरहेको छ । ‘आफ्नै गौरव आफ्नै उत्सव समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव–२०७६’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो गैँडाकोट महोत्सव माघ २६ गतेसम्म चल्नेछ । महोत्सवलाई भरुव्य र सव्य रुपमा सफल बनाउनका लागि विभिन्न समिति र उप समितिहरु निर्माण गरेर काम अघि बढाईएको संयोजक भट्टचनले बताउनु भयो ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिइएको र ३० स्थानीय स्टललाई निःशुल्क व्यवस्था गरिएको सचिवालयका संयोजक छवि कंडेलले बताउनु भयो । महोत्सवमा ३ सय ५० बढी स्टल रहनेछन् । महोत्सवमा प्रमुख आकर्षणका रुपमा लन्डन ब्रिज, सेल्फी जोन तथा सबै उमेरका व्यक्तिलाई मध्यनजर गरी विभिन्न खेलहरुको व्यवस्था गरिएको उहााको भनाई छ ।
महोत्सवलाई सफल बनाउन प्रचारप्रसारको काम तिव्र गतिमा अगाडि बढाईएको प्रचार प्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभयो । महोत्सव गैँडाकोट नगरपालिको शान र प्रतिष्ठान रहेकाले यस्लाई सफल बनाउन सबै लागि परेको उहाँले बताउनु भयो । दर्शकहरुको उपस्थिति उल्लासपूर्ण हुने आशा आफूहरुले गरेको उहाँ बताउनु हुन्छ ।
महोत्सव नारायणी नदीकिनारमा हुने भएकै कारण दर्शकहरुको आकर्षण बन्ने गरेको छ । गैँडाकोट उद्योग वाणिज्य संघले हरेक दुई–दुई वर्षमा महोत्सव गर्ने गरेको छ ।
तपाइँको प्रतिक्रिया