गैँडाकोट वडा नं ६ देखि ९ सम्मका १ सय ४७ जनाको स्वाब संकलन, ४१ जना आएनन्

गैँडाकोट, ९ जेठ ।
गैँडाकोट नगरपालिकाका वडा नं ६ देखि ९ सम्मका स्थानियको आइतबार विहान स्वाब संकलन गरिएको छ । नाम टिपाएका मध्ये १ सय ४७ जनाको स्वाब संकलन गरिएको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलक पौडेलले जानकारी दिनु भयो । १ सय ८८ जनाले नाम टिपाएकोमा ४१ जना स्वाब दिन नआएको पौडेलले बताउनु भयो । संकलित स्वाब परिक्षणका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाईएको छ ।
तपाइँको प्रतिक्रिया