गैँडाकोट सहित नवलपुरको आजको कोरोना संम्बन्धि पछिल्लो जानकारी

गैँडाकोट, ३० जेठ ।
नवलपुरमा आइतबार जम्मा २० जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोट नगरपालिकामा ७ जनामा, देवचुलीमा १ जनामा, कावासोतीमा ०, मध्यविन्दुमा ६ जनामा, विनयी त्रिवेणीमा ६ जनामा मात्रै संक्रमण पुष्टि भएको हो । यस्तै जिल्लामा ८३ जना संक्रमित निको भएका छन् । जसमा गैँडाकोटका ३५ जना, देवचुलिमा ४, कावासोतीमा ३४, मध्यविन्दु ४, विनयी त्रिवेणी ३, हुप्सेकोटका १, बुलिङटारका १ र अन्यमा १ जना निको भएका हुन् । पछिल्लो २४ घण्टमा जिल्लामा थप ३ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको सख्या भने ६ सय २७ पुगेको छ । बैशाख यता जिल्लामा ६८ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया