गैँडाकोट सहित नवलपुरको आजको पछिल्लो कोरोना सम्बन्धि जानकारी

गैँडाकोट, २४ जेठ ।
नवलपुरमा सोमबार १ सय ११ जना संक्रमित निको भएका छन् । जसमा गैँडाकोटका ५९, देवचुलीका ४, कावासातीका १८, मध्यविन्दुका १७, विनयी त्रिवणीका ९, बौदिकालीका ४ जना रहेका छन् । दोश्रो लहर यता जिल्लामा ३६४२ जनामा संक्रमण पुष्टि भएकोमा अहिले सम्म २७२८ जना निको भैसकेका छन् । जिल्लामा आज सोमबार २ सय १ जनाको रिपोर्ट जाँच गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा गैँडाकोटका २१, देवचुलीका १३, कावासातीका २८, मध्यविन्दुका १७, विनयीका ११ जना रहेका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको सख्या ८ सय ५७ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा मृत्युको संख्या ० रहेको छ । बैशाख यता ५७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
तपाइँको प्रतिक्रिया