गैँडाकोट सहित नवलपुरको कोरोना संम्बन्धि जानकारी

गैँडाकोट, १३ असार ।
नवलपुरमा पछिल्लो २४ घण्टामा ४९ जना निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आइतबार ३५ जना थपिएका छन् । जम्मा संक्रमितको सख्या भने ३ सय ४३ रहेको छ । आइतबार १ जनाको मृत्यु भए संगै बैशाख यता मृत्यु हुनेको सख्या ८४ पुगेको छ ।गैँडाकोटमा ४ जना संक्रमित थपिएका छन् भने आइतबार सवैभन्दा धेरै कावासोती नगरपालिकामा १६ जना संक्रमित थपिएका छन् ।
तपाइँको प्रतिक्रिया