गैँडाकोट सहित नवलपुरको कोरोना संम्बन्धि जानकारी

गैँडाकोट, १४ असार ।
नवलपुरमा सोमबार ६३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सवैभन्दा बढि कावासोती नगरपालिकामा २४ जनामा कोरोना पुष्टि भएको छ । गैँडाकोट नगरपालिकामा १४, देवचुलिमा १५ जना रहेका छन् । जिल्लामा आज ३८ जना निको भएका छन् । जिल्लामा सक्रिय संक्रमितको सख्या भने ३ सय ६८ रहेको छ । सोमबार मृत्यु हुनेको सख्या ० रहेको छ भने बैशाख यता ८४ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया