गैँडाकोट सहित नवलपुरको कोरोना सम्बन्धि पछिल्लो जानकारी

गैँडाकोट, १४जेठ ।
नवलपुरमा आज शुक्रबार १ सय ३५ जनाले कोरोनालाई जितेका छन् । जसमा गैँडाकोटका ३२ जना, कावासोतीका ५८ जना, देवचुलिका १५, मध्यविन्दुका १३, विनयी त्रिवेणीमा ९, हुप्सेकोटमा ७ र अन्यमा १ जना रहेका छन् । दोश्रो लहर सुरु भए संगै निको हुनेको कुल सख्या १ हजार ७ सय ५ पुगेको छ । त्यस्तै विगत २४ घण्टाको अन्तरालमा चार जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै जिल्लामा आज ११० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज गैँडाकोटका ४३ जना, देवचुलीका ८,कावासोतीका २१? मध्यविन्दुका ७,विनयी त्रिवेणीका १३, हुप्सकोेटका १४ र बुलिगटारका २ जना रहेका छन् । यो सहित जिल्लामा सक्रिय संक्रमितको सख्या १ हजार ८० पुगेको छ ।
तपाइँको प्रतिक्रिया