गैँडाकोट १३ का २ होटलमा जुवातास खेल्दै गरेका १० पक्राउ, १ लाख बढि रकम बारामद ।

गैँडाकोट, ३० जेठ ।
गैँडाकोट वडा नं १३ बाट २ स्थानमा जुवातास खेल्दैको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार एकै दिन अपरान्ह ४ ३० बजेको समयमा धनबहादुर सापकोटाले सञ्चालन गरेको होटलमा र साझ ५ ५५ मा प्रेम बहादुरले सञ्चालन गरेको खाजा घरमा हार जित हुने गरि जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दुवै स्थानबाट १ लाख २ हजार ६ सय रुपैया नगद रकम समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्ष दिलिप कुमार गिरीले जानकारी दिनु भयो ।
गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजा घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र गैडाकोट १३ कै धनबहादुर सापकोटाको होटलबाट ३९ हजार ८ सय ७५ रुपैयाँ नेपाली नोट र ५ सय रुपैयाँ भारु न्गद सहित ६ बुक तास सहित ३ जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ पर्नेमा गैडाकोट १३ का ४५ बर्षीय धनबहादुर सापकोटा, ४३ बर्षीय होमनाथ सापकोटा र ५३ बर्षीय विष्णु गौतम रहेका छन् ।
त्यसैगरी अर्को स्थानबाट पक्राउ पर्नेमा गैडाकोट १ निवासी ४६ बर्षीय प्रेमबहादुर भण्डारी, ५२ बर्षीय ज्ञानेन्द्र हमाल, ४२ बर्षीय खगबहादुर राना, ५१ बर्षीय यदुप्रसाद सापकोटा, ३३ बर्षीय लोकबहादुर महतो, ३५ बर्षीय भुपाल राना र गोरखा घर भई हाल गैडाकोट १३ निवासी ४५ बर्षीय राजनकुमार योगी रहेका छन् ।
उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको गिरीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया