गैँडाकोट १ वृटिशक्याम्पमा श्रीमानद्धारा श्रीमती माथि खुर्पा प्रहार, अवस्था गम्भिर
गैँडाकाट, ९ जेठ ।
गैँडाकोट १ वृटिशक्याम्पमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती गम्भिर घाइते भएकि छन् । घरायशी विवादलाई लिएर आज आइतबार विहान साढे ६ बजे ६३ वर्षीय श्रीमान् हर्कवहादुर राइले श्रीमती र छोरीलाई खुर्पा प्रहार गरेका हुन् ।
खुर्पा प्रहारबाट उनकी श्रीमती ४६ वर्षीय धनकुमारी राई गम्भिर घाइते भएकी छिन् । धनकुमारीको हात र टाउकोमा चोट लागेको छ । त्यस्तै छोरी १६ वर्षीय अनुस्का राईको दाहिने हातमा चोट लागेको छ ।
अवस्था भने सामान्य रहेको र दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । खुर्पा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रिया