गैँडाकोट २ को धौलागिरी समुहलाई माला बनाउन भ्याइनभ्याइ, १ विगाहा क्षेत्रफलमा फूलखेति

हिमा अर्याल, १७ कार्तिक ।
गैँडाकोट नगरपालिका वडा नं २ मा रहेको धौलागिरी नमुना कृषि समुहमा आबद्ध महिला दिदीबहिनीहरुलाई अहिले सयपत्री फूल टिप्न र माला बनाई बजार पठाउन भ्याइनभ्याई छ । विगत ४ बर्ष अघिबाट सयपत्री फूलखेती गर्दै आएको यस समुहले यस वर्ष करिब १ विगाहा .क्षेत्रफलमा फूल खति गरेको छ । समुह मार्फत २ कठ र समुहमा आवद्ध दिदीबहिनीहरुले आफु आफु ३ – ४ जनाको मात्रै समुह बनाई करिब १ विगाहामा फूलखेती गरिरहेको धौलागिरी नमुना कृषि समुह का पुर्व अध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिनु भयो । विगतका २ वर्ष कोरोनामहामारीका कारण बजार राम्रो नभए पनि यसवर्ष भने सयपत्री फूलको राम्रो व्यापार भएको अधिकारीले बताउनु भयो । बजारमा आफै पुगि बेच्न पाए दोव्बर नाफा हुने बताउदै अधिकारीले अहिले माला बनाउन नै भ्याइनभ्याई भएपछि घरबाटै व्यापारी मार्फत माला बजार पठाउने गरिएको बताउनु भयो ।
असार महिनामा विरुवा उमारी साउनमा सारीएको सयपत्रीको विरुवा करिब ४ महिना भित्रै फुल्न सुरु गरेको समुहकि सदस्य सरिता कार्कीले जानकारी दिनु भयो । कार्कीले माया शर्मा र राधिका शर्मा संग मिलेर करिब ५० हजारको लगानीमा ६ कठ्ठामा फूल खेति गर्नु भएको छ । व्यापारीहरु फूल खोज्दै बारिमै आउने भएपछि तिहारमा भने बजारको खासै समस्या नहुने गरेको कार्कीले बताउनु भयो । समुहले तिहारमा बुधबार सम्म डेढलाख बराबरको माला बजारमा पठाईसकेको छ । समुहले फूल खेति सुरु गरेपछि समुहमा आबद्ध महिलाहरु व्यवसायीक र आर्थिक रुपले सबल बन्न सफल भएका छन् ।
तर अन्य समय भने फूलको बजारीकरणमा समस्या हुने गरेको धौलागिरी नमुना कृषि समुहका पुर्व अध्यक्ष अधिकारीले गुनासो गर्नु भयो । यस अघि दशैमा नै एक लट सयपत्रि फूल फुल्दा बजार नपाएर कुहिए पछि टिपेर फालिएको बताउनु भयोे । तिहारमा सवैलाई मालाको आवश्यकता पर्ने भएकाले बजार पाउन सहज हुने तर अन्य समयमा भने भारतबाट आउने फूलले गर्दा बजार पाउन मुस्किल हुने गरेको अधिकारीले बताउनु भयो ।तिहारको समयमा पनि भारतबाट सयपत्रि फूलका माला बजारमा आउने गरेकाले नेपालीहरुले लगाएको फूलले बजार पाउन असहजता हुने गरेको उहाँको भनाई छ । स्थानिय सरकारले पनि बजारको व्यवस्थापन र फूल स्टोर गर्नका लागि चिस्यान केन्द्रको व्यवस्थापन गर्नु पर्ने उहाँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया