गैँडाकोट ४ बाट नगद सहित जुवा खेलिरहेका चार जना पक्राउ

गैँडाकोट, ११ कार्तिक ।
गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित पूर्ण बहादुर गुरुङ्गको होटलमा जुवा खेलिरहेका चारजना युवा पक्राउ परेका छन् । उनिहरुलाई जुवा खेलिरहेको समयमा नगद ५५ हजार ४० रुपैँया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ४ का ३२ वर्षका राजु परियार, २६ वर्षका अर्जुन पौडेल, ३२ वर्षका आशिष श्रेष्ठ र गैँडाकोट १ का २८ वर्षका बुद्ध लामा रहेका छन् । पक्राउ परेकाहरुलाई जुवा मुद्धामा कारबाही हुने प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया