गैँडाकोट ५ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट, १३ पुस । नवलपुरको गैंडाकोट वडा नम्बर ५ मा मंगलबार न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला कल्याणकारी सहकारी सस्थाको भवनमा भएको कार्यक्रममा बोल्दै गैंडाकोट नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विष्णुकुमारी कंडेलले विवादमुक्त वडा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
सकेसम्म विवाद नै नगर्न आग्रह गर्दै स्थानीय रुपमा सिर्जीत बिबादलाई स्थानीय रुपमा नै समाधान गर्न सके राम्रो हुने उहाँको भनाई थियो । उहाँका अनुसार नगरपालिकामा न्यायिक समिति गठन भएभश्चात हालसम्म ३२१ वटा मुद्धाहरु दर्ता भएका छन् । त्यसमा २८४ वटा मेलमिलापको माध्यमबाट मिलाइसकेको २ वटा अदालत पठाइसकेको र वाँकी मृुद्धा वडामै प्रक्रियामा रहेका छन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य छविकला पाण्डेले नगरमा न्यायिक समिती भएपनि कतिपय महिलाहरु यस बारेका अनविज्ञ रहेको र हिंसा भोग्दै बस्नुपरेको बताउनुभयो । वडामा सञ्चालन गरिएको सचेतना कार्यक्रममार्फत महिलाहरुलाई न्यायीक समितीले गर्ने कार्यसिमानाका बारेमा जानकारी दिने उहाँको भनाई थियो । महिलाहरुले आफुले भोग्दै आएको हिंसाका घटना र विवादले ठुलो रुप लिन सक्ने जनाउँदै त्यसले इज्जत र मान्छे नै गुम्न सक्ने नै भएकाले बेलैमा सचेत बन्नुपर्ने सदस्य पाण्डेको भनाई थियो ।
न्यायको पहुृँचमा पुग्न नसकेका नगरवासीलाइ न्यायीक समिती समक्ष सहज तरिकाले पुर्याउन सकियोस् भन्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त सचेतना कार्यक्रम यही मंसिर ७ गतेबाट सुरु गरिएको हो ।
नगरका १८ वटै वडामा सञ्चालन गरिने सचेतना कार्यक्रम अहिलेसम्म ३ वटा वडामा गरिसकीएको छ ।
तपाइँको प्रतिक्रिया