गैंडाकोटका एक वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिस्कार

गैँडाकोट, २३–असार ।
बहुमतका आधारमा आफुलाई पेलिएको भन्दै गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले कार्यपालिका बैठक नै बहिस्कार गरेका छन् । गँैडाकोट नगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष गोर्वद्धन ज्ञवालीले शुक्रबार एक विज्ञप्ती निकालेर आफुलाई बहुमतका आधारमा पेलेर विधी र पद्धती अनुसार काम गर्न नदिएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
बहुमतका आधारमा विभेद्पुर्ण ढंगले काम भएको, निर्णय प्रकृयामा आफ्नो सुनुवाई नभईकन सधै बहुमतको दम्भ देखाएर जनताको काम कारबाहीमा समेत प्रतिकुल असर पुगेकाले बैठक बहिस्कार गरेको वडा अध्यक्ष ज्ञवालीले जनाएका छन् । शुक्रबार नगरपालिकामा बसेको कार्यपालिका बैठकमा पुगेका ज्ञवालीले आफ्नो विज्ञप्ती सुनाएसंगै बैठक बहिस्कार गरेका थिए ।
नगरपालिकामा योजना छनौटदेखि बजेट बिनियोजनमा सम्म, राजनैतिक बहुमतका आधारमा नगरपालिकाले क्षेत्र विशेष र आवश्यकतालाई बेवास्था गरिएको विज्ञप्ती उल्लेख गरिएको छ । वार्डमा बजेट बिनियोजन र योजना बाँडफाडमा चरम राजनीति गरि विषयगत समितिको नाउँमा, वडाध्यक्षलाई किनारा लगाईएको विज्ञप्तीमा भनिएको छ । जनताको मतबाट म्यान्डेट पाएका वडाध्यक्षलाई किनारा लगाएर विषयगत समितिको नाममा राजनैतिक बहुमतको खेल भएको ज्ञवालीको भनाई छ ।
आफु जनताको अभिमतबाट वडाध्यक्ष भएको भन्दै वडाध्यक्ष ज्ञवालीले सधै जनताको पक्षमा उभिदैं जनमत अनुरुप अगाडी बढ्ने बताएका छन् ।
तपाइँको प्रतिक्रिया