गैंडाकोटमा डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध, कतिबेला खुल्छ भन्न सक्ने अवस्था छैन ।

हिमा अर्याल, गैँडाकोट, १७ असार ।
अविरल बर्षा पछिको बाढिले पूर्व पश्चिम राजमार्ग अन्र्तगतको गैंडाकोटका बिभिन्न स्थानका डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको छ । लगातार परेको बर्षाको कारण डाइभर्सन बगाएपछि विहानदेखी नै राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग कतिबेला खुल्छ भन्ने अहिले नै भन्न नसकिने अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लक्ष्मी पाण्डेले जानकारी दिनु भयो । गैँडाकोट थुम्सीमा बोटो सहित डाईभर्सन नराम्ररी बगाएको पाण्डेले बताउनु भयो । यस्तै बेल्डीयामा पनि २ वटा डाईभर्सन बगाएको छ । अन्य क्षेत्रमा डाइभर्सन कमजोर भएका छन् ।
अहिले पुर्व पश्चिम राजमार्ग हुदै मोटरसाईकल पनि सञ्चालन हुने अवस्था छैन । पानि बगिरहेकाले मर्मत गर्न पनि सक्ने अवस्था नभएको र यसका लागि समय लाग्ने प्रहरीले जनाएको छ । मोटरसाइकल तथा स्कुटि मात्र भए पनि लैजान सक्ने गरि ढुंगा राखेर गोरेटो बनाउन सकिन्छ कि भनेर अवलोकन भैरहेका प्रमुख इन्सपेक्टर पाण्डेले बताउनु भयो । एम्बुलेन्स समेतलाई पास गराउन सकिएको छैन । विद्युतको पोल समेत पहिरोले बगाउन थालेपछि अहिले गैँडाकोटमा बिद्युत समेत वितरण गर्न सकिएको छैन ।
तपाइँको प्रतिक्रिया